हृदयन्द्रको भ्लगप्रति माओवादी सांसद लामाको टिप्पणी : स्टन्टले पुर्खाले गरेको दोहनको चुक्ता हुँदैन - www.sutranews.com
काठमाडौं । पूर्वनवयुवराज हृदयन्द्र शाहको जुम्लासम्बन्धी बनाएको भ्लगलाई लिएर माओवादी केन्द्रकी सांसद छिरिम ल्हामु लामाले आपत्तिजनक टिप्पणी गरेकी छन् । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहका सुपुत्र हृदयन्द्र शाहको हालैको भएको जुम्ला भ्रमणका क्रममा बनाइएको भ्लग सार्वजनिक भएपछि उनले हृदयलाई गालीगलौज गर्दै पुस्ताले दोहन गरेको भ्लग बनाएर गरेको स्टन्टले चुक्ता गर्न नसक्ने टिप्पणी गरेकी छन् । सामाजिक सञ्जाल फेुसबुकमार्फत प्रतिनिधिसभाकी समानुपातिक सांसद लामाले हृयदन्द्रलाई कुकुरो छाउरो हुर्किएझैँ हुर्किएकोसम्म भन्न भ्याएकी छन् । उनको स्टाटसको पूर्णपाठ जस्ताको तस्तै सत्य तितोनै हुन्छ राजतन्त्रमा पृथ्वीनारायण शाह देखि ज्ञानेन्द्र शाह सम्मका १२ वटा राजाले अझ भन्ने हो भने जुम्लामा आक्रमण गर्दा का नयबी राजा रणबहादुर शाह र उनकि आमा राजेन्द्र लक्ष्मी शाहको बर्बरता पूर्ण निर्देशनपछि बहादुर शाह सहितको फौजले १८४६ मा निकै क्रूरता साथ साङ्घातिक हमला गरिएको थियो अहिले त्यहीको झलको आउने गरी छोरो हृदयन्द्र लाई काखमा चेपेरे आमा हिमानी शाहले नयाँ अवतार युट्युबबाट टिपेर ल्याएको एउटा भरिया को डाडमा टेकेर जुम्लाको भूमिमा फेरि पनि अपवित्र षड्यन्त्रको रचना गरिँदैछ यो माया जालमा कुनै पनि सचेत जुम्लाका बासी फस्ने छैनन् भन्ने मेरो विश्वास छ। राजतन्त्रमा सामन्ती राजाका धेरै पुस्ताले नेपाली जनतामाथि दोहान गरेको छ अहिले उनका नातिले एउटा स्टन्टका लागि बनाएको एउटा भिडियोले मात्रै त्यो दोहन गरेको रिन चुक्ता हुना सक्दैन उनी जस्तो सैयो पुस्ताले पनि देश र जनताको सेवा गरिहाले पनि राज्य र जनता माथि गरेको शोषन दमन अत्याचारको भार चुक्ता गर्न सक्दैन । २३८ वर्षको राजतन्त्रले जुम्लामा सिटामोल पुर्याउन सकेन,गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट, स्वास्थ्य सेवा लगायत अत्यावश्यक सामाग्रिहरु पुर्यायो । अहिले हृदयन्द्र शाहको भिडियो देखिएको जुम्ला गणतन्त्र नेपालकाे उपज हाे । नेपाली जनताको शासन व्यवस्थाले निर्माण गरेको दृश्य हाे । विगतको जुम्लाको कथा विकराल थियो । काठमाडौंले जुम्लालाई चिन्न अन्कनाउँथ्याे । केन्द्रकृत राज्यसत्ताले जुम्ला को जनतालाई दाेस्राे दर्जाको नागरिकको रुपमा हेर्थ्याे ।जुम्लालाई दुरदराज , राेक भाेक र शाेककाे पर्याय बनाउनुमा सबैभन्दा धेरै जिम्मेवार हृदयेन्द्रका पुर्खा थिए । विकास के हाे जुम्लालाई थाहा थिएन । सामाजिकआर्थिक राजनीतिक विकास , मानवअधिकार कस्ताे हुन्छ ? समावेशीकरण के हाे ? राजतन्त्रमा जुम्लालाई थाहा थिएन । यसरी जुम्लालाई समस्याको भुमरीमा पार्ने तिनै हृदयेन्द्रका बाउबाजेले नै हाे । यस्ता धेरै यथार्थहरू छन् जसको चर्चा त हामी गर्ने नै छौं ।जुम्ला हिजोदेखि आजसम्म आफ्नो सभ्यता, पहिचान र मौलिकता छ यसको आफ्नै परिचय छ । यसलाई चिनाउन उसको पूरै वंश जिजु बाजेहरुले देशलाई कंगाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा एस आरामले बिलासी जीवन बिताईरहेको भोटे कुकुर को छाउरा हुर्के झै गरेर हुर्काएको साडे प्रवृत्ति जस्तैले चिनाउन पर्छ र ?जुम्लालाई चिनाउने विषयमा हृदयन्द्र शाहको भन्दा ब्लगर सिर्जना सिज्जु लगायत धेरै को ब्लग अझ धेरै राम्रो र स्पष्ट छ तर विडम्बना सिर्जनाको ब्लगले न त कुनै सामाजिक अभियन्ताले चर्चा गर्यो न त कुनै मिडियाको हेडलाइन बन्यो। किनकि उनी राजपरिवारको सदस्य होइन! यति धेरै मिडियाको हेडलाइन बन्नलाई पनि सामन्ती राजपरिवार कै हुनुपर्ने होइन त यही निरङ्कुशता सामन्ती सोचको विरुद्ध त हाम्रो लडाई छ। गणतान्त्रिक नेपालमा बेलाबेला यो राजतन्त्र कालको झल्को दिलाउने गतिविधिले हामीलाई सोच्न बाध्य बनाउँछ। अझै पनि हामीबाट सामन्ती सोच गाको छैन भन्ने युट्युबेको नेतृत्व नै राजावादीले गरेको देखिएको छ! सामन्ती राजाले हिजो जनतालाई दास बनाई कुम्लाएका अथाह सम्पत्ति अहिले केही सामाजिक अभियन्ता र केही युट्युबेमा लगानी गरिरहेको पनि सूनिन्छ । हुँदाहुँदै एउटा लाई त करोडाै लगानी गरेर संसदभित्र नै भित्र्याइसके जो आज अराजकता मचाउनमा रेकर्ड कायम गर्न राजा र गणतन्त्र दुवैको दानापानीमा उफ्रिरहेको छ । हृदयन्द्र शाह पूर्व राजपरिवारको सदस्य हुन । यसर्थ राजपरिवारको सदस्यले पाइला टेकेको भुमि पवित्र हुन्छ र यिनको झुटो खाएसी विष्णु भगवानको प्रसाद हो भन्ने चेतनादेखि हामी कहिले माथि उठ्ने???सिंहदरबार अब बंशको नामले होइनजनताको विश्वासले पुगिन्छ।।गणतन्त्र जिन्दाबाद