आज सेयर कारोबार नहुने - www.onlinepana.com
Source: onpa
काठमाडाैं । दशैं अगाडी बन्द भएको सेयर बजार सोमबार पनि नखुल्ने भएको छ । नेप्से स्रोतले दिएको जानकारीअनुसार सबै अंगहरु कारोबारको लागि तयर भई नसकेको कारण सेयर कारोबार नहुने भएको हो । स्रोतकाअनुसार सेयर कारोबारको लागि धितोपत्र बोर्ड, नेप्से , सीडीएससी र ब्रोकरहरु पनि तयार हुनु पर्ने हुन्छ । यी सबै निकायहरु तयार अवस्थामा नरहेका कारण आज सेयर कारोबार हुन नसक्ने भएको हो । The post आज सेयर कारोबार नहुने appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).