Redirecting...

‘जिली’ले नेपाली ग्राहकको मन जित्दै - ehimalayatimes.com

‘जिली’ले नेपाली ग्राहकको मन जित्दै - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । हालैमात्र नेपाली बजारमा प्रवेश गरेको विश्वविख्यात इभी ब्राण्ड जिली इएक्स ५ ले नेपाली ग्राहकको मन जित्न सफल भएको छ । नेपालमा सार्वजनिक भएको केवल दुर्ई महिनामै जिली इएक्स ५ म्याक्स र इएक्स प्रोका गैरीधारास्थित शोरूममा ग्राहकको भिड लागिरहँदा गाडीको टेष्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनीय वृद्धि भएको कम्पनीले जनाएको छ । जसले नेपाली ग्राहकको विश्वप्रसिद्ध अटोमोबाइल ब्राण्ड जिली अटोमोबाइल ग्रुपप्रतिको विश्वासलाई झल्काएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार काठमाडौंलगायत पोखरा र विराटनगरसम्मका उत्साही ग्राहकहरू गैरीधारा, शोरूममा स्वस्फूर्त रूपमा आएर जिली इएक्स ५ लाई प्रत्यक्ष रूपमा अनुभव गर्दा इएक्स ५ मोडलका स्मार्ट, आकर्षक र वातावरणमैत्री एसयुभी देखेर चकित परेका छन्, जसले विद्युतीय सवारी साधनको परिभाषा नै पुनर्लेखन गरिरहेको छ । एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भन्नुभयो, ‘हामीले सोचेभन्दा निकै राम्रो प्रतिक्रिया पाएका छौं । शोरूमबाहिर लाइन लागेका दृश्यहरू, रेकर्ड संख्यामा टेष्ट ड्राइभ दर्ता, यी सबैले देखाउँछ कि नेपालीहरू जिलीको ‘स्मार्ट र दिगो मोबिलिटी’ को दृष्टिकोणसँग गहिरो रूपमा जोडिएका छन् ।’ उहाँका अनुसार टेष्ट ड्राइभमा सहभागी ग्राहकले इएक्स ५ को स्मुथ परफर्मेन्स र भविष्य केन्द्रित डिजाइनको प्रशंसा गर्दै ‘नेपालले कुरिरहेको इभी’ को संज्ञा दिएका छन् । एलआरआर मोटर्सले हाल फोन र सामाजिक सञ्जालमार्फत् परिवार, युवा, व्यवसायी, पेशाकर्मी र इभी पारखीबाट अत्यधिक सोधपुछ र रुचि प्राप्त गरेको जनाएको छ । धेरै ग्राहकहरूले इएक्स ५ को रेञ्ज, विश्वसनीयता र आधुनिक सुविधाप्रति विश्वास व्यक्त गर्दै २०२५ को सबैभन्दा चर्चित विद्युतीय एसयुभीमध्ये एकको उपमा दिएका छन् । एलआरआर मोटर्सका निर्देशक जीवनजंग शाहीले भन्नुभयो, ‘जिली इएक्स ५ प्रगतिशील सोच र आत्मविश्वासको प्रतीक हो, हामीले पाएको जिली इएक्स ५ प्रतिको उत्साह र स्वीकार्यताले नेपाली उपभोक्ताहरूले उनीहरू जिली ग्रुपको गौरवपूर्ण इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न उत्साहित रहेको देखाएको छ ।’ उच्च मागका कारण एलआरआर मोटर्सले शोरूम समय विस्तार र थप टेष्ट ड्राइभको समय बढाएको घोषणा गरेको छ । कम्पनीका अनुसार हाल गैरीधारास्थित शोरूम बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालनमा रहेको छ । साथै शनिबार र सार्वजनिक बिदामा पनि खुला रहेको छ । उक्त उत्साहलाई थप उचाइमा पु¥याउन एलआरआर मोटर्सले आफ्ना ग्राहकहरूका लागि विशेष फेस्टिभ अफरहरू घोषणा गरेको छ । अफरअन्तर्गत नयाँ खरिदकर्ताले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याकलगायतका लाभ प्राप्त गर्न सक्ने बताइएको छ ।