Redirecting...

एमालेमा नयाँ नेतृत्वका लागि मतदान सुरु हुँदै, मध्यरातिदेखि मतगणना (तस्बिर) - www.nepalclicks.com

एमालेमा नयाँ नेतृत्वका लागि मतदान सुरु हुँदै, मध्यरातिदेखि मतगणना (तस्बिर) - www.nepalclicks.com
Source: nplk

काठमाडौँ: नेकपा एमालेकोको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग तथा केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरूको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यविधि तथा निर्वाचन नियमावलीअनुसार निर्वाचन कार्यक्रम संशोधन गरिएको जानकारी दिएको हो।संशोधित कार्यतालिकाअनुसार मतदान साँझ ७ बजेदेखि बुधबार बिहान १ बजेसम्म निरन्तर सञ्चालन हुनेछ। नेतृत्वका लागि मंगलबार बिहान १० बजे मतदान हुने भनिए पनि बेलुकासम्म मतदान सुरु हुन सकेको छैन। मतदानमा ढिलाइ भएपछि कार्यतालिका संशोधन गरिएको हो। मतगणना मतदान सम्पन्न भएपछि तुरुन्तै सुरु गरिनेछ भने निर्वाचन परिणाम पनि मतगणना सम्पन्न भएपछि अधिवेशन स्थलमै सार्वजनिक गरिनेछ। कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ। अध्यक्ष पदमा पार्टी नेतृत्वका लागि केपी शर्मा ओली तेस्रो पटक दोहोरिन चाहेका छन् भने उनीविरुद्ध ईश्वर पोखरेल मैदानमा उत्रिएका छन्। पाँच उपाध्यक्ष पदका लागि अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे र विष्णु पौडेलले उम्मेदवारी दिएका छन्। महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिष्पर्धा हुने भएको छ।