मृत अवस्थामा फेला - www.nepaliheadline.com
Source: nplh
काठमाडौं- काठमाडौं महानगरपालिका-२ लाजिम्पाट निल सरस्वतीथानस्थित टिनको टहरामा काभ्रे तेमाल गाउँपालिका-५ घर भएका ४८ वर्षीय भिम बहादुर लामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं टोखा नगरपालिका-३ भत्केको पुल डेरा गरी बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-३ डाडाबेसी घर भएका २१ वर्षीय अरूणा अमगाई शुक्रबार मृत अवस्थामा फेला परेका छन् । बाँके नेपालगंज उपमहानगरपालिका-४ शान्तिनगर टोलस्थित नालीमा बर्दिया बढैयाताल गाउँपालिका-२ बस्ने ६४ वर्षीया हिमकला थापा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । सर्लाही लालबन्दी नगरपालिका-१५ माथिल्लो देउराली सामुदायिक जंगलमा सोही नगरपालिका-१६ बस्ने ५५ वर्षीय भरत बस्नेत शनिबार मृत अवस्थामा फेला परेका छन् ।