मानव बेचबिखनका आरोपी २० वर्षपछि पक्राउ - www.drishtinews.com
Source: dist
काठमाडौं । पर्सा प्रहरीले मानव बेचबिखनका आरोपीलाई २० वर्षपछि पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१९ का ४५ वर्षीय सुरेसप्रसाद कलवार पक्राउ परेका हुन् । उनी २०६२ चैत १७ गतेदेखि मानव बेचबिखनको कसुरमा फरार थिए । कलवारलाई वीरगंज–९ बाट पक्राउ गरी थप अनुसन्धान थालिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।