यो बालेनको उग्रवाद होइन, मेरो पुस्ताको बाध्यकारी विद्रोह हो - nepalkhabar.com
Source: nkkb
नेपाल जाँदैछ कहाँ? सन्जय घिमिरेले नेपालखबरमा आफ्नो नियमित स्तम्भमार्फत सम्भवतः २०६२/६३ पछि कम बहस गरिएको प्रश्न सोध्नुभयो। उहाँलाई उग्रवादको डर लागेछ अनि बालेन, रवि, हर्कहरू देख्दा लहड र चटक जस्तो लागेछ। प्रश्न शत प्रतिशत ठीकै हो तर हेर्ने नजर चाहिँ हाम्रो र तपाईंको अलि मिलेन। २०४६ सालको पुस्ताको प्रतिनिधित्व गर्दै तपाईंले पुरानो चस्माले हेर्दा अहिलेको दुखाइ नदेख...