Redirecting...

नाइजेरियाको बोर्नो राज्यमा आईएस समूहमा आवद्ध लडाकूबाट आक्रमण : किसान र बालबालिका गरी १५ जनाको ज्यान गयो - ujyaaloonline.com

नाइजेरियाको बोर्नो राज्यमा आईएस समूहमा आवद्ध लडाकूबाट आक्रमण : किसान र बालबालिका गरी १५ जनाको ज्यान गयो - ujyaaloonline.com
Source: unn

नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा आईएस समूहमा आवद्ध लडाकूले किसान र बालबालिकाको हत्या गरेको जिहादी विरोधी समूहका सदस्यले बताएका छन् । जिहादी द्वन्द्वको केन्द्रविन्दु बोर्नो राज्यमा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रान्तका लडाकूले जीप र रिक्सामा चढिरहेका किसान र बालबालिकाको समूहमाथि गोली हानेका उनीहरुको दाबी छ । हतियारधारी समूहको आक्रमणबाट कम्तीमा १५ जना किसान र बालबालिकाको ज्यान गएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । स्थानीय आत्मरक्षा समूहका अनुसार, मङ्गुनो शहर नजिक रहेको गुर्नोवा भन्ने ठाउँमा खेतबाट फर्किँदै ...