सरूवा भएको ठाउँमा नजाने २३ कर्मचारीलाई गृहले भन्यो- २४ घण्टाभित्र हाजिर हुन जानू - mahendranagarpost.com
Source: madn
गृह मन्त्रालयले २३ जना कर्मचारीलाई २४ घण्टाभित्र सरूवा गरेको ठाउँमा हाजिर हुन निर्देशन जारी गरेको छ। शुक्रबार २३ जनाको सूची सार्वजनिक गर्दै २४ घण्टाभित्र सरूवा गरेको स्थानमा हाजिर हुन जान भनिएको हो। ‘यस मन्त्रालयको विभिन्न मितिको निर्णयानुसार सरूवा/पदस्थापन भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारीहरूलाई २४ घण्टा भित्र खटाइएको स्थानमा हाजिर हुन जाने सम्बन्धी सूचना,’ सूचनामा उल्लेख छ। गृह मन्त्रालयमा कार्यरत ती कर्मचारीहरू मध्ये १८ जना शाखा अधिकृत र बाँकी पाँच जना नायब सुब्बा छन्। उनीहरूलाई अध्यागमन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन र कारागार प्रशासनमा पठाइएको छ। The post सरूवा भएको ठाउँमा नजाने २३ कर्मचारीलाई गृहले भन्यो- २४ घण्टाभित्र हाजिर हुन जानू appeared first on MahendranagarPost.