सम्पादकीय नोट : हाम्रो उद्देश्य कसैमाथि चोट पुर्याउने होइन - farakdhar.com
Source: FRDH
१३ साउनमा फरकधार डटकममा प्रकाशित ‘राष्ट्रिय युवा संघका महासचिव चौलागाईंमाथि यौन दुराचारको आरोप’ शीर्षक समाचारप्रति आएको सार्वजनिक चासोप्रति हामी गम्भीररूपमा सजग छौँ । सो समाचार प्रकाशनपछि सामाजिक सञ्जालमा देखिएका विविध प्रतिक्रियाको सन्दर्भमा केही विषयहरू स्पष्ट गर्न आवश्यक ठानेका छौँ । फरकधार कुनै पनि संस्था वा व्यक्तिप्रति पूर्वाग्रह राख्ने र त्यसअनुसार समाचार सम्प्रेषण गर्ने उद्देश्य राख्दैन । पत्रकारिताको मूल्य र आचारसंहितामा विश्वास गर्ने मिडियाका रूपमा हाम्रा समाचारहरू कुनै पनि पूर्वनियत धारणा वा प्रेरणाबाट नि...