Redirecting...

विद्यालयको बजेटमा अनियमितता : विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन - ehimalayatimes.com

विद्यालयको बजेटमा अनियमितता : विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन - ehimalayatimes.com
Source: hmlt

काठमाडौँ । जिल्ला संखुवासभास्थित शारदा माध्यमिक विद्यालयमा बजेट अनियमितता गरेको अभियोगमा विशेष अदालतबाट सफाइ पाएका प्रतिवादीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको छ। आयोगका अनुसार जिल्ला संखुवासभा, धर्मदेवी नगरपालिका वडा नं. ४ हुम्लिङ्गमा रहेको शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराईसमेतका प्रतिवादीहरूले आर्थिक वर्ष २०७४/०७५ मा निकासा भएको बजेटमा कुनै पनि कामको सुरुवात नै नगरी झुट्टा बिल–भरपाई तयार गरी रकम अनियमितता गरेका थिए। उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर ठहर गर्दै आयोगले रु. ४,६०,४५५।– बिगो कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम सजाय तथा बिगो असुल उपरको मागदाबी सहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको थियो। तर विशेष अदालतले मिति २०८१।०५।३१ मा दिएको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएकोले आयोगले उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै आज सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको हो।