Redirecting...

गैरबैंकिङ सम्पत्ति सकार्दा बैंकले ३ पटक लिलाम प्रक्रिया पूरा गर्नैपर्ने - www.onlinepana.com

गैरबैंकिङ सम्पत्ति सकार्दा बैंकले ३ पटक लिलाम प्रक्रिया पूरा गर्नैपर्ने - www.onlinepana.com
Source: onpa

काठमाडौं । गैर-बैंकिङ सम्पत्ति सकार गर्दा कम्तिमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पूरा गरेपछि मात्र बैंक आफैँले सकार्न पाइने भएको छ । राष्ट्र बैंकले सोमबार निर्देशन जारी गरेर उक्त व्यवस्था गरेको हो । यसअघि एक पटकको लिलाम प्रक्रियामा बिक्री नभए आफैंले सकार गर्दै आएका थिए । अहिले त्यो व्यवस्था परिमार्जन गरेर कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पुरा गर्दा समेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफौले सकार गर्नुपर्ने व्यवस्था गरेको छ । सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्न अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ सोही मूल्यमा मूल्यांकन गन पनि बैंकले भनेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले सकार गरेको गैर–बैंकिङ सम्पत्तिमा सकार गरेकै मितिदेखि शत प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था भने खारेज गरेको छ । The post गैरबैंकिङ सम्पत्ति सकार्दा बैंकले ३ पटक लिलाम प्रक्रिया पूरा गर्नैपर्ने appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).