Redirecting...

१८ अंकले बढेको सेयरबजारमा तीन अर्बको कारोबार - nepalnews.com

१८ अंकले बढेको सेयरबजारमा तीन अर्बको कारोबार - nepalnews.com
Source: NPNW

काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेप्से १८.३७ अंकले बढेको छ। योसँगै ०.७० प्रतिशतले बढेको नेप्से २६१९.९९ विन्दुमा रोकिएको छ। साथै सेन्सिटिभ इन्डेक्स पनि ३.५ अंकले बढेर ४५०.६७ विन्दुमा रोकिएको छ। आइतबार १२.५० अंकले घटेको नेप्से सोमबार भने ६.७४ अंकले बढेको थियो। आज ३२५ कम्पनीको ५५ हजार ७८ पटकको कारोबारमा ७८ लाख चार हजार ४५ कित्ता सेयर किनबेच भए। जसमा आज तीन अर्ब २९ करोड ४२ लाख २७ हजार १२२ रुपैयाँको कारोबार भयो। नेप्सेमा आज व्यापार समूहको सूचक घट्दा बाँकी १२ वटै समूहका सूचक हरियाली बने। नेप्सेमा आज १८७ कम्पनीको मूल्य बढ्यो‚ ६१ वटाको घट्यो भने ११ को स्थिर रह्यो। आज पनि स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिडेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। जसको अन्तिम कारोबार मूल्य २५६० रुपैयाँ रह्यो। स्वस्तिकको सेयर मूल्यमा यो साता लगातार सकारात्मक सर्किट लागिरहेको छ अर्थात् १० प्रतिशतले बढेको छ। यस्तै स्वेतगंगा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ६.९५ प्रतिशतले घट्यो। हिमस्टारको अन्तिम कारोबार मूल्य ४१५ रुपैयाँ रह्यो। आज सबैभन्दा धेरै नागी ग्रुप पावर लिमिटेडको सेयरको कारोबार भयो। आज यस कम्पनीको १९ करोड ८२ लाख ४५ हजार २५ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ कायम रह्यो।