Redirecting...

सन्तोष परियारले रास्वपा छाडे - www.pardafas.com

सन्तोष परियारले रास्वपा छाडे - www.pardafas.com
Source: pfds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद तथा नेता सन्तोष परियारले पार्टी छाडेका छन् । उनले पार्टी नेतृत्व र नीतिसँग असहमति राख्दै पार्टीबाट राजीनामा दिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । उनले राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् । परियार विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए । रास्वपा छाडेका उनले अब छुट्टै अभियान सुरु गर्ने तयारी गरेका छन् । यसअघि रास्वपाकै केन्द्रीय सुमना श्रेष्ठले पनि रास्वपा छाडेकी थिइन् । उनले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी घोषणा गरेकी थिइन् ।