भौतिक पूर्वाधार पुनर्निर्माण गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्सले सरकारलाई दियो डेढ करोड - arthasarokar.com
Source: aths
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भौतिक संरचना पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको छ । कम्पनीले सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको हो । सहयोगबापतको रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश बिक्रम खत्रीले अर्थमन्त्री रामेश्वर खनाललाई मंगलबार हस्तान्तरण गरेका छन् । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा तोडफोड र आगजनी गरिएको थियो । तोडफोड र आगजनीबाट भौतिक संरचनाहरुमा ठूलो क्षति पुगेको थियो । सोही संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको थियो । सामाजिक उत्तरदायित्व बहन गर्दै कम्पनीले सोही कोषमा एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको कम्पनीले जनाएको छ ।