एनपिएलको दोस्रो सिजनमा के-के बने रेकर्ड ? - farakdhar.com
Source: FRDH
क्रिकेटको महाकुम्भका रूपमा रहेको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण सम्पन्न भइसकेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न भयो । प्रतियोगिता सम्पन्न भएसँगै विभिन्न ‘रेकर्ड’ बारे पनि चर्चा भइरहेका छन् । दोस्रो सिजनको उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भयो । फाइनलमा लायन्स छ विकेटले विजयी हुँदै च्याम्पियन भयो । रोयल्सले भने दोस्रोपटक पनि उपविजेतामै ...