Redirecting...

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राजस्थानमा करिब १० हजार केजी विस्फोटक पदार्थ बरामद - www.pardafas.com

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राजस्थानमा करिब १० हजार केजी विस्फोटक पदार्थ बरामद - www.pardafas.com
Source: pfds

भारतको गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राजस्थानको नागौर जिल्लामा सुरक्षालाई चुनौती दिन सक्ने ठूलो परिमाणको विस्फोटक पदार्थ बरामद गरिएको छ। गोप्य सूचनाका आधारमा प्रहरीले हर्सौर गाउँस्थित एक खेतमा छापा मारेर करिब १० हजार किलोग्राम अमोनियम नाइट्रेट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी प्रमुख मृदुल कच्छावाका अनुसार खेतमा लुकाएर राखिएको १८७ बोरा अमोनियम नाइट्रेट (९ हजार ५५० केजी) फेला परेको हो। अमोनियम नाइट्रेट अति संवेदनशील विस्फोटक पदार्थ मानिन्छ, जसको प्रयोग अघिल्लो समय दिल्लीको लालकिल्ला नजिक भएको विस्फोटजस्ता गम्भीर घटनासँग जोडिँदै आएको छ। घटनास्थलबाट हर्सौर गाउँका सुलेमान खान पक्राउ परेका छन्। प्रहरीका अनुसार खानविरुद्ध यसअघि नै तीनवटा आपराधिक मुद्दा दर्ता छन्। अमोनियम नाइट्रेटसँगै प्रहरीले ९ कार्टुन डेटोनेटर, निलो फ्युज तारका १२ कार्टुन र १५ बन्डल, तथा रातो फ्युज तारका १२ कार्टुन र ५ बन्डल समेत बरामद गरेको छ। प्रारम्भिक सोधपुछमा पक्राउ परेका खानले कानुनी तथा अवैध खानी उत्खननमा संलग्न व्यक्तिहरूलाई विस्फोटक आपूर्ति गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ। यस सम्बन्धमा विस्फोटक ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। घटनाबारे केन्द्रीय अनुसन्धान निकायहरूलाई जानकारी दिइसकिएको र उनीहरूले पनि छुट्टै रूपमा अनुसन्धान अघि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ।