Redirecting...

डीजेआईले आफ्नो पहिलो ३६० डिग्री एक्सन क्यामरा ओस्मो ३६० को घोषणा गर्यो - technologykhabar.com

डीजेआईले आफ्नो पहिलो ३६० डिग्री एक्सन क्यामरा ओस्मो ३६० को घोषणा गर्यो - technologykhabar.com
Source: tckb

डीजेआईले आफ्नो पहिलो ३६० डिग्री एक्सन क्यामरा ओस्मो ३६० को घोषणा गरेको छ। ८के ५०एफपीएसमा रेकर्ड गर्ने पहिलो ३६० डिग्री क्यामराको रुपमा दाबी गरिएको ओस्मो ३६० ले १०० मिनेटको लागि ८के ३०एफपीएसमा निरन्तर शूट गर्न सक्नेछ। ओस्मो ३६० ले दुईओटा १/१.१–इन्च सीएमओएस सेन्सरहरू प्रयोग गर्दछ जुन डीजेआईले ३६० डिग्री मा रेकर्ड गर्दा सिङ्गल १–इन्च प्रकारको सेन्सरको बराबर भएको बताएको छ। डीजेआईले बेस्पोक उद्योगको पहिलो स्क्वायर एचडीआर सेन्सरहरू प्रयोग गरेको छ जुन ३६० डिग्रीको लागि डिजाइन गरिएको जनाएको छ। सेन्सरहरूमा १३.५ स्टपहरू र एफ१.९ एपर्चरको डायनामिक रेञ्ज रहेको छ भने आईएसओ रेञ्ज १००–५१२०० सम्म रहेको उल्लेख गरिएको छ। दुई क्यामराहरू कम्बाइन (संयुक्त रूपमा) गर्दा अपस्केलिङ प्रयोग गरेर ३०एफपीएस सम्म वा ५०एफपीएस सम्ममा ८के ३६० डिग्री सम्मको भिडियो खिच्न सक्ने बताइएको छ। यसले ४के मा छायांकन गर्दा १००एफपीएस सम्म पनि रेकर्ड गर्न सक्ने थप उल्लेख गरिएको छ। वैकल्पिक रूपमा, यसमा ६०एफपीएस सम्ममा ५के रिजोल्युसन सम्मको सिङ्गल–लेन्स भिडियो वा १२०एफपीएस सम्ममा ४के रिजोल्युसन सम्मको सिङ्गल–लेन्स अल्ट्रा–वाइड भिडियो पनि रेकर्ड गर्न सकिने छ। ओस्मो ३६० मा प्रभावशाली रूपमा लामो रेकर्डिङ समय उपलब्भ छ। यसले १०० मिनेटसम्म निरन्तर ८के ३०एफपीएस प्यानारोमिक भिडियो र १९० मिनेटसम्म ६के २४एफपीएस प्यानारोमिक भिडियो रेकर्ड गर्न सक्छ। क्यामराले –२० डिग्री सेल्सियस भन्दा कम शून्य तापक्रममा पनि १.५ घण्टासम्म रेकर्ड गर्न सक्छ। ओस्मो ३६० मा क्यामरा घुमाउँदा पनि फुटेज स्तरमा रहोस् भनेर सुनिश्चित गर्नका लागि होराइजनस्टेडी र ईमेज स्टेबलाइजेसनको लागि रकस्टेडी ३.० जस्ता सुविधाहरू समावेश गरिएको छन्। स्टिल सट्स (स्थिर तस्बिरहरू) खिच्न चाहनेहरूका लागि, ओस्मो ३६० ले एकल लेन्सबाट ३०.७२ मेगापिक्सेलको ४ः३ सम्मको तस्बिर वा दुवै लेन्सबाट १२० मेगापिक्सेलको २ः१ प्यानारोमिक फोटो खिच्न सक्छ। ओस्मो ३६० मा ३१४x५५६ को रिजोल्युसन भएको २ इन्चको डिस्प्ले समावेश गरिएको छ। यसमा १२८जीबीको स्टोरेज रहेको छ जसमध्ये १०५जीबी उपलब्ध हुनुका साथै १टीबी सम्म माइक्रोएसडी विस्तार गर्न सकिने छ। यसमा बिल्ट–इन वाई–फाई ६ र ब्लुटुथ कनेक्टिभिटी पनि रहेको छ। त्यसैगरी हत्केलाको इशाराहरूका साथै भ्वाइस कमाण्डहरू प्रयोग गरेर रेकर्डिङ ट्रिगर गर्न सकिने छ। डीजेआई ओस्मो ३६० को मूल्य ४८० यूरो/४१०पाउन्ड स्टर्लिंग पर्ने बताइएको छ। यस मूल्यमा क्यामरा, सुरक्षात्मक पाउच र रबर लेन्स प्रोटेक्टर उपलब्ध हुनेछन्। साथै १.२ मिलियन इनभिजिबल सेल्फी स्टिक, दुईओटा एक्स्ट्रिम ब्याट्री प्लस र एक बमल्टिफङ्गसनल ब्याट्री केस सहितको एडभेन्चर कम्बोको लागि ६३० यूरो/५४० पाउन्ड स्टर्लिंग थप लागत पर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ। The post डीजेआईले आफ्नो पहिलो ३६० डिग्री एक्सन क्यामरा ओस्मो ३६० को घोषणा गर्यो appeared first on Technology Khabar.