Redirecting...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज - bishwokhabar.com

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज - bishwokhabar.com
Source: bsbk

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्ने भएको छ । नवनिर्वाचित सचिव डा राजन भट्टराईका अनुसार बैठक दिउँसो १:०० बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने तय भएको छ। हालै सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ। नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै शपथ ग्रहण गरिसकेका छन्। यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।