एक भाइरस, तीन जीव : निपा भाइरसको रहस्यमय फैलावट - nepalkhabar.com
Source: nkkb
सन् १९९८ सेप्टेम्बरमा मलेसियाको पेराक राज्यको काम्पोङ सुंगाइ निपा भन्ने गाउँमा बङ्गुर पाल्ने किसानहरू धमाधम बिरामी पर्न थाले। उनीहरूमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, मस्तिष्क असन्तुलन हुने समस्या देखिन थाल्यो। यस्तै लक्षण बङ्गुरमा पनि देखिन थाल्यो। दुवैलाई एकै किसिमको लक्षण देखिएपछि स्वास्थ्यकर्मीहरू हच्किए। त्यो समय पेराकको धेरै स्थानमा लामखुट्...