Redirecting...

राजनीतिमा खुल्न डराइरहेका कुलमान, नागरिक सरकारका मन्त्री कि उज्यालो पार्टीका 'ब्रान्ड एम्बास्डर' ? - www.sidhakura.com

राजनीतिमा खुल्न डराइरहेका कुलमान, नागरिक सरकारका मन्त्री कि उज्यालो पार्टीका 'ब्रान्ड एम्बास्डर' ? - www.sidhakura.com
Source: dhku

कुलमान घिसिङ नेपालीहरूले सम्भावना देखेका व्यक्ती हुन् । विचार, सिद्धान्त भन्दा बढी नागरिकको उनको कामबाट प्रभावित भएका हुन् । त्यसले अब पनि कुलमान घिसिङ राजनीतिकरुपमा कहाँ उभिने स्पष्ट हुनुपर्छ । यदि उज्यालो पार्टी उनकै हो भने उनले सरकार छाडेर दलको राजनीतिमा होमिनुपर्छ किनकि फागुन २१ गतेका लागि निर्वाचनको मिति तय भएको छ, र कुलमान जस्ता व्यक्ती निर्वाचनबाट यो देशको नेतृत्व गर्ने तहमा आउनु पर्छ । यदि उनले अहिले बाहिर भने जस्तै उज्यालो नेपाल पार्टीको स्वामित्व लिने पक्षमा उनी छैनन्, यो दलसँग उनी आबद्ध छैनन् भने उनले नागरिक सरकारको मन्त्रीकै रूपमा जिम्मेवारी पूरा गर्नुपर्छ ।