गोसाईंकुण्ड जाने यात्रु लक्षित एनटीसीले रसुवाको चन्दनबारीमा सुरु गर्यो टुजी सेवा - techpana.com
Source: tcpn
काठमाडौँ । नेपाल टेलिकमले रसुवाको चन्दनबारीमा टुजी बीटीएस सञ्चालनमा ल्याएको छ । रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २ हजार ३०० मिटरको उचाईमा पर्ने सो स्थानमा टेलिकमले सेवा सञ्चालन गरेको हो । नेपाल टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित गोसाईंकुण्ड जाने तिर्थालु तथा पदयात्रीहरुको सुविधालाई ध्यानमा राखेर धुन्चेदेखि गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने चन्दनबारीमा टुजी बीटीएस सञ्चालनमा ल्याएको जनाएको छ । गोसाईंकुण्ड जाने दर्शनार्थी तथा पर्यटकले धुन्चेदेखि देउराली...