काठमाडौँ उपत्यकाका सात विद्युत ग्रिड पूर्ण स्वचालित - www.samayapost.com
Source: smyp
नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाका सातवटा पुराना ग्रिड सबस्टेसनलाई सफलतापूर्वक स्वचालित प्रणालीमा रूपान्तरण गरेको छ। योसँगै अब ती सबस्टेसनहरू मीनभवनस्थित प्राधिकरणको केन्द्रीय नियन्त्रण कक्षबाटै सञ्चालन तथा अनुगमन हुन थालेको छ। स्वचालित भएका सबस्टेसनहरूमा पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर रहेका छन्। प्राधिकरणले विद्युत प्रणालीलाई आधुनिक, स्वचालित तथा स्मार्ट ग्रिडमा रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिअन्तर्गत […]