Redirecting...

इनड्राइभका ड्राइभर पार्टनरहरू पुरस्कृत - ehimalayatimes.com

इनड्राइभका ड्राइभर पार्टनरहरू पुरस्कृत - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौं आफ्नो ‘प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन’ अन्तर्गत विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । असार ८ गतेदेखि असार २९ गतेसम्म सञ्चालित उक्त अभियानमा सहभागी ड्राइभर पार्टनरहरूको उल्लेखनीय उत्साह र सहभागिता देखिएको कम्पनीले जनाएको छ । ड्राइभर पार्टनरहरूलाई प्रोत्साहित गर्दै उनीहरूको प्रतिबद्धता र मिहिनेतलाई कदर गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत इनड्राइभले विभिन्न साप्ताहिक च्यालेन्ज, आकर्षक उपहार तथा दुई ग्राण्ड पुरस्कार प्रदान गरेको थियो । क्याब ड्राइभर श्रेणीमा शुभराज सुनुवार टाटा एक्सप्रेस-टी इभी जित्न सफल हुनुभएको छ भने बाइक राइडर श्रेणीमा जित थापाले टिभिएस राइडर मोटरसाइकल जित्नुभएको छ । कम्पनीका अनुसार तीनवटै साप्ताहिक च्यालेन्जमा निरन्तर रूपमा प्लेटिनम स्थिति कायम राख्दै सबै मापदण्ड पूरा गर्ने ड्राइभरबाट उहाँहरू छानिनुभएको थियो । विजेताको घोषणा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानलमार्फत् जुलाई २० मा प्रत्यक्ष लक्की ड्र गरेर गरिएको थियो । त्यसैगरी इनड्राइभले अभियानका क्रममा थप दर्जनौं ड्राइभर पार्टनरलाई विभिन्न साप्ताहिक पुरस्कार पनि प्रदान गरेको छ । वोनपल्स नोर्ड सिइफ्रो लाइट फाइभ जी स्मार्टफोन, अल्टिमा एटोम १९२ इयरबड्स र अल्टिमा नोभा प्रो स्मार्ट वाचलगायतका पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा इनड्राइभ साउथ एसियाका ड्राइभर अपरेसन्सका रिजनल टिम लिडर डिमित्री ओख्लोप्कोभले ड्राइभर पार्टनरहरू इनड्राइभको सफलता र विकासका आधार भएको उल्लेख गर्दै भन्नुभयो, ‘यो अभियान हाम्रा ड्राइभरहरूको समर्पण र व्यावसायिकतालाई सम्मान गर्न र उनीहरूले दिने सेवामा प्रेरणा थप्न डिजाइन गरिएको हो । इनड्राइभको पारदर्शी मूल्य निर्धारण मोडलले चालक र यात्रु दुवैको हित सुनिश्चित गर्छ ।’ इनड्राइभ नेपालकी ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जिमी राईले भन्नुभयो, ‘हामीले अघिल्लो अभियानमै वाचा गरेका थियौं कि अझ ठूलो अभियान लिएर आउनेछौं र त्यो वाचा पूरा गरेका छौं । हाम्रा चालकहरूको समर्पण र परिश्रमले इनड्राइभको यात्रा सम्भव बनाएको छ ।’