Redirecting...

खापुङ मलेसिया लागेपछि कोशी प्रदेशको जिम्मेवारी मधेस प्रमुख भण्डारीलाई - nagariknews.nagariknetwork.com

खापुङ मलेसिया लागेपछि कोशी प्रदेशको जिम्मेवारी मधेस प्रमुख भण्डारीलाई - nagariknews.nagariknetwork.com
Source: ngrk

मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कोशी प्रदेश प्रमुखको पनि जिम्मेवारी दिइएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ आइतबार मलेसिया उडेपछि भण्डारीलाई उक्त जिम्मेवारी दिइएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार भण्डारीलाई उक्त कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रदेश प्रमुख खापुङ नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन आइतबार मलेसिया उडेका हुन् ।