सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य, क्रिस लिनको अर्धशतकीय इनिङ - farakdhar.com
Source: FRDH
नेपाल प्रिमियर लिग (एनपिएल)–२ सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १ सय ७० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको मौका पाएको उसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनायो । उसका लागि ओपनिङ ब्याटर क्रिस लिनले अर्धशतकीय पारी खेले । उनले ५६ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ७५ रन बनाए । लिन आज रिटायर्ड हर्ट भए । एनपिएलमा लिनको यो पहिलो अर्धशतक हो । त्यस्तै, विनोद भण्डारीले २१, पुनीत मेहराले १३, आरिफ शेखले नटआउट २४ ...