Redirecting...

वडा ८ लाई टिम स्वर्ण - ehimalayatimes.com

वडा ८ लाई टिम स्वर्ण - ehimalayatimes.com
Source: hmlt

ललितपुर । वडा ८ ले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिताको लेडिज टिम इभेन्टमा स्वर्ण जितेको छ । ललितपुर महानगरपालिका वडा ६ को आयोजनामा कनिबहालमा भइरहेको प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनलमा वडा ८ का सुरम्य शाक्य र सम्पदा श्रेष्ठले वडा १७ का सहोदर दिदीबहिनी अर्पिता र अर्सना महर्जनलाई ३-२ ले पराजित गरी स्वर्ण जित्नुभयो । पहिलो सिंगल्समा सुरम्यले अर्पितालाई ११-५, ११-७, ७-११ र ११-४ ले पराजित गर्नुभयो । दोस्रो सिंगल्समा अर्सनाले सम्पदालाई ९-११, ११-४, १२-१० र ११-५ ले हराउनुभयो । डबल्समा सुरम्य र सम्पदाको जोडीले अर्पिता र अर्सनाको जोडीलाई ९-११, ११-४, ११-५, ७-११ र ११-८ को सेटमा हराउँदै २-१ को अग्रता लिनुभयो । तेस्रो सिंगल्समा अर्सनाले सुरम्यलाई ११-९, ११-२, ६-११ र १६-१४ ले पाखा लगाएपछि खेल २-२ को बराबरीमा पुगेको थियो । निर्णायक पाँचौं सिंगल्समा सम्पदाले अर्पितालाई ७-११, ११-७, ९-११, ११-८ र ११-८ ले आफ्नो पक्षमा पार्नुभयो । वडा १९ र १६ तेस्रो भए । पुरुष टिम इभेन्टमा वडा ७ पहिलो भयो । यो टोलीमा एलेक्स महर्जन, डिकेन महर्जन, एलेन महर्जन, निकेश जोशी र मिजेन शाक्य हुनुहुन्छ । प्रतियोगिताको उद्घाटन अवसरमा गत अगष्टमा माल्दिभ्समा भएको प्रथम थोडु मास्टर्स अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेतालाई सम्मान गरिएको थियो । उक्त प्रतियोगितामा राजेन्द्र कपालीले एक स्वर्ण र दुई रजत, सुरज बज्राचार्यले दुई रजत र एक कांस्य, धनबहादुर महर्जनले एक रजत, पूर्णशंकर श्रेष्ठले एक कांस्य र सानु महर्जनले एक कांस्य पदक जित्नुभएको थियो । उहाँहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभयो ।