Redirecting...

अर्थतन्त्र सुस्त हुँदाको असरः निक्षेप दुई खर्ब २२ अर्ब थपिँदा कर्जा विस्तार ६५ अर्ब मात्र - www.nepalclicks.com

अर्थतन्त्र सुस्त हुँदाको असरः निक्षेप दुई खर्ब २२ अर्ब थपिँदा कर्जा विस्तार ६५ अर्ब मात्र - www.nepalclicks.com
Source: nplk

काठमाडौं। चालू आर्थिक वर्ष नेपाल राष्ट्र बैंकले निजी क्षेत्रतर्फ जाने कर्जा १२ प्रतिशत वृद्धि हुने लक्ष्य लिएको छ। चार महिनाको अवधिमा कर्जा विस्तारको अवस्था कमजोर देखिएको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। कात्तिकमा कूल ६५ अर्ब ४ करोड रुपैयाँ कर्जा विस्तार भएको छ। गत वर्षको सोही अवधिमा कर्जा विस्तार साढे दुई प्रतिशत भएको थियो। गत वर्षको कात्तिकमा कर्जा विस्तार एक खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.९ प्रतिशतले बढेको छ। कर्जा विस्तार सुस्त भएका बेला बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप दूई खर्ब २२ अर्ब ३८ करोड रुपैयाँ थपिएको छ। निक्षेप परिचालन ३.१ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ। अघिल्लोवर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ र ३५.९ प्रतिशत थियो। समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.३ प्रतिशत बढेको छ भने विकास बैंकहरूको ०.१ प्रतिशत घटेको छ। २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १५ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत रहेको छ। २०८१ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.५ प्रतिशत र ६६.० प्रतिशत रहेको थियो। चालू आर्थिक वर्ष २०८२/०८३ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फ ३.२, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा २.९, औद्योगिक उत्पादन क्षेत्रमा १.९, उपभोग्य क्षेत्रतर्फ १.७, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ०.४ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशत बढेको छ। यसबीचमा कृषि क्षेत्रतर्फको कर्जा २.६ र वित्त बिमा र अचल सम्पत्ति क्षेत्रको कर्जा २.५ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहितमध्ये मार्जिन प्रकृतिको कर्जा ३.९, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.४, क्यास क्रेडिट कर्जा १.८, हायर पर्चेज कर्जा १.३, माग तथा अन्य चालु पुँजी कर्जा १.१ र आवधिक कर्जा ०.९ प्रतिशत बढेको छ। यसैगरी अधिविकर्ष कर्जा ४.९ र ट्रष्ट रिसिट (आयात) कर्जा २.१ प्रतिशत घटेको छ। समीक्षा अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत १० खर्ब २१ अर्ब ५ करोड, स्थायी निक्षेप सुविधामार्फत एक ८५ खर्ब ३४ अर्ब ७५ करोड गरी कुल एक सय ९५ खर्ब ५५ अर्ब ८० करोड रुपैयाँ तरलता प्रशोचन भएको छ। ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब २५ करोड गरी कूल एक सय ९५ खर्ब ४३ अर्ब ५५ करोड रुपैयाँ तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत (२२२ अर्ब ३८ करोड) वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.३ प्रतिशत (१४९ अर्ब ८४ करोड) बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.४ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत (२२२ अर्ब ३८ करोड) वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.३ प्रतिशत (१४९ अर्ब ८४ करोड) बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.४ प्रतिशतले बढेको छ।