स्पोटर्स समिटमा विश्वकप ट्रफी प्रदर्शन - nagariknews.nagariknetwork.com
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोटर्स समिटमा टी– ट्वान्टी विश्वकपको ट्रफी प्रदर्शन गरिएको छ।भारत र श्रीलंकामा फेब्रअरीमा टी–ट्वान्टी विश्वकप आयोजना हुँदै छ र त्यसै क्रममा ट्रफी नेपाल आइपुगेको हो। ट्रफी सोमबार पोखरा ल्याई स्पोटर््स समिटमा प्रदर्शन गरिएको हो। समिटका अवसरमा प्यानल डिस्कसन गरिएको थियो।समिटको विषय थियो, पोखरामा खेल पयर्टन र अर्थतन्त्र। पोखरेली पत्रकार दीपेन्द्र श्रेष्ठले सञ्चालन गरेको त्यस कार्यक्रममा विशेषज्ञका रूपमा नेपाल पयर्टन बोर्डका अफिसेटिङ डाइरेक्टर सुनील शर्मा, राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव टंकलाल घिसिङ, पोखरा टुरिजम बोर्डका संस्थापक अध्यक्ष अशोक पालिखे र पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराई सहभागी थिए।कार्यक्रममा शर्माले पोखरामा खेलकुदको सम्भावना धेरै रहेको बताए । उनले पयर्टन प्रवधर्नका लागि जहिले पनि नयाँ अयाम चाहिएकोमा खेलकुद त्यो विकल्प हुन सक्ने बताए।परिषद्का पूर्वसदस्यसचिव घिसिङले पोखराका खेल पयर्टनको विकास र विस्तार गर्न निजी क्षेत्रको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताए। उनले यसका लागि नीति नै बनाउनुपर्ने सुझाए। भट्टराईले पोखरामा भौतिक पूर्वाधार पर्याप्त रहेको तर त्यसलाई सुहाउँदो प्रतियोगिता नभएको गुनासो पोखे। उनले खेल प्रतियोगिता आयोजना गर्न आवश्यक समन्वय हुन नसकेको दाबी गरे।पालिखेले पनि पोखरा भौतिक पूर्वाधारमा निकै धनी रहेको, तर त्यसको उपयोग भने कम भएको सुनाए। उनले पोखरामा जति प्रतियोगिता भएका छन्, त्यसलाई प्रोत्साहन गर्न आवश्यक रहेको औंल्याए।