मुस्ताङ, हुम्ला र बाजुरामा भारी हिमपात, कहाँको अवस्था कस्तो? - www.ukeraa.com
Source: uker
काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मङ्गलबार रातिदेखि मुस्ताङ, हुम्ला र बाजुरासहितका उच्च पहाडी तथा हिमाली जिल्लामा वर्षासँगै भारी हिमपात भएको छ। हिमपातका कारण सडक तथा हवाई यातायात अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ भने लामो समयपछि हिउँ पर्दा किसानहरू भने उत्साहित भएका छन्। हिमालपारिको जिल्ला मुस्ताङका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन्। …