एमालेले टुंग्यायो १४० उम्मेदवार, नेकपाका २१, र रास्वपाका ८ उम्मेदवार पनि निश्चित - ekantipur.com
Source: kant
फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छान्न राजनीतिक दलहरू व्यस्त छन् । ६ माघमा उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्नेछ । जेन–जी आन्दोलनको रापतापका कारण यस पटक नयाँ–पुराना दलहरूले युवा उम्मेदवारलाई प्राथमिकतामा राख्ने प्रयास गरेका छन् ।