Redirecting...

गजल : सुन्दर जाजरकोट - sahityapost.com

गजल : सुन्दर जाजरकोट - sahityapost.com
Source: shpt

कुशे पाटनका चउरहरूमा, स्वर्गीय संसार छबारेकोटका खर्कहरूमा, प्रकृतिको भण्डार छ। मालिकामा शिर झुक्छन्, चुलाकोट र मछाइनाकीभेरी अनि नलगाडमा, शीतलताको सञ्चार छ। सुसेली सुन्छन् दुई भेरीको, रिम्नाका ती मान्छेहरूसङ्गमभित्रै दुई नदीको, सभ्यताको आधार छ। उभिएको छ इतिहास बोकी, जाजरकोट दरबार योजुनीचाँदे शिवालयमा, छुट्टै एउटा सार छ। थिलथिलो पारे नि बस्ती, भूकम्पको केन्द्रलेउठ्ने हिम्मत र साहसको, यहाँ ठूलो सत्कार छ।