एसियन थाई फुड्सले सेयर जारी गर्ने - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । एसियन थाई फुड्स लिमिटेडले सेयर जारी गर्ने भएको छ । रमपम चाउचाउबाट ब्राण्ड बनाएको कम्पनीले सेयर निष्कासन लागि हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्दै सोसम्बन्धी सम्झौतासमेत गरेको छ । सम्झौताले एसियन थाई फुड्सलाई नयाँ व्यावसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग हुने कम्पनीले जनाएको छ । सम्झौतामा एसियन थाई फुड्सतर्फबाट अध्यक्ष शिवरतन शारडा, प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी सञ्चालक राधेश्याम शारडा र सञ्चालक आशिष जाजुले हस्ताक्षर गर्नुभएको छ । हिमालय सेक्युरिटिज बैंकरतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभासबहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकले हस्ताक्षर गर्नुभएको थियो ।