Redirecting...

विपी कोईरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह काँग्रेसमा लाग्नुभयोः प्रधानमन्त्री - ehimalayatimes.com

विपी कोईरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह काँग्रेसमा लाग्नुभयोः प्रधानमन्त्री - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपी कोईरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह नेपाली काँग्रेसमा लाग्नुभएको बताउनुभएको छ । शनिवार नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणेशमान सिंहलाई भेटेर सघन छलफल गर्न सकेको भए कम्युनिष्ट पार्टीमै आउनसक्ने अनुमान लगाउनु भयो । गणेशमान सिंह शहीद गंगालाल श्रेष्ठका मित्र भएकाले पनि गणेशमानलाई पुष्पलाल श्रेष्ठले सम्मान गर्ने गर्नुभएको बताउनु भयो । पुष्पलाल गंगालालबाट प्रभावित भएर राजनीतिमा लाग्नुभएको बताउनु भयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गणेशमान पुष्पलालका दाजु शहीद गंगालालका साथी हुन् । एकैदिन प्रजा परिषद्को सदस्यता लिएका हुन् । दाजुको साथी भएको हुनाले पुष्पलालले पनि गणेशमानलाई अत्यन्त सम्मान गर्नुहुन्थ्यो । पुष्पलाल राजनीतिमा लाग्ने उमेर नहुँदै सर्वश्वसहित जन्मकैद पाइसक्नुभएको थियो, गणेशमान सिंहले । पुष्पलाल गंगालालबाट प्रभावित हो । उहाँले १३—१४ वर्षदेखि नै राजनीति थाहा पाउनु भयो । वामपन्थी राजनीति, देशभक्तिपूर्ण राजनीतिको समर्थन गर्नुभयो । दाजुको जब हत्या भयो त्यसपछि उहाँले प्रजा परिषद्बाट छिन्नभिन्न भएपछि नेपाल प्रजातान्त्रिक संघ भनेर गठन गर्नुभयो । पछि नेपाली काँग्रेसको वास्तविकता देखेपछि, बुझेपछि त्यसबाट अलग हुनुभयो । कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । गणेशमानजीसँग अलि सघन कुराकानी भएको भए कम्युनिष्ट पार्टीमै आउनुहुन्थ्यो होला । तर उहाँ विपी कोईरालाको बौद्धिकताको प्रभाव अलि भयो । त्यतै जानुभयो ।’ प्रधानमन्त्री ओलीले अग्रजका पूरा हुन बाँकी सपना पूरा गर्न लाग्नुपर्ने बताउनु भयो ।