एमाले महाधिवेशन : बढ्न थाल्यो नेताहरूको चहलपहल, आज दुई छुट्टाछुट्टै कार्यक्रम - farakdhar.com
Source: FRDH
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिएसँगै एमाले नेताहरूको महाधिवेशन केन्द्रित चहलपहल बढ्न थालेका छन् । नेताहरूले आफ्नो पक्षमा माहोल सिर्जना गर्न भेला, छलफल तथा अन्तरसंवादहरू गर्न थालेका छन् । महाधिवेशनकै सन्दर्भमा एमाले नेताहरूले आज काठमाडौंमा छुट्टाछुट्टै दुई वटा संवाद कार्यक्रम गर्दैछन् । दिउँसो २ बजे प्रेस चौतारी नेपालमा महाधिवेशनका सन्दर्भमा एमालेका सचिव लेखराज भट्ट समूहले संवाद कार्यक्रम गर्दैछ । त्यस्तै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेतृ विन्दा पाण्डे, रचना खड्का, उषा किरण तिम्सिनाललगायतका...