मेची भन्सारबाट ४ महिनामा झन्डै ४ अर्वको अलैँची निर्यात - ujyaaloonline.com
Source: unn
झापा – चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा मेची भन्सार कार्यालयबाट अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । चार महिनामा एक हजार ८२३ दशमलव ९० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा एक अर्ब ९० करोड दुई लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको ...