चार प्रदेशका केही ठाउँमा बिहानैदेखि वर्षा, बागमतीका केही ठाउँमा राति ठूलो पानी पर्ने - lokaantar.com
Source: loka
गएराति मधेश प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । गएराति सर्लाही, सप्तरी र आसपासमा हल्का वर्षा भएको हो । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज दिउँसो कोशी, लुम्...