कविता : के म पूर्ण छैन र ? - sahityapost.com
सामाजिक संस्कार र रूढीवादकोविकृति र कुरीतिकोसिङ्गो प्रहारतिमीले सहनुपर्यो। फेरि सहनुपर्योहजारौँ यातनावंश थाम्ने र क्रिया गर्नेछोराका नाममा । आमा !दिनभरि काम गरेरथाकेर फर्किँदा पनिअसाध्यैशारीरिक र मानसिकबोझ हुँदाहुँदै तिमीअसल बुहारी भयौ ।चुलो–चौको, घरधन्दासबै भ्यायौ । हजारौँ पीडाचुपचाप सहेपछि मात्रतिमी “असल” भयौ। आमा !यत्रो सङ्घर्ष भोग्दा पनियो समाजले तिमीलाईबुझ्न सकेन । पूर्ण भनिएको त्यो छोरोनजन्माएको निहुँमाशब्दका तिरहरूप्रहार गरिरह्यो समाजले । हाँस्न नपाएकातिम्रा दिन, सुत्न नपाएकाती रातहरू, बाँच्न नपाएकातिम्रा जीवनहरूसमाजलेदेखेन आमा ! तिमीले भोगेको पीडासमाजले सहेनबरु“पूर्ण” छोरोको निहुँमातिमीमाथि प्रहार गरिरह्यो। तिम्रा दुःखका दिनमासमाज केही बोलेनतिम्रो आँसु पुछेनतिम्रो पीडा देखेनसमाज चुपचाप बस्यो। आमा !तिमीलेएउटी छोरी भएरछोरी जन्मायौतरतिमी छोरीर तिमीले जन्माएकी छोरीलाईसमाजले कहिल्यैपूर्ण मानेन । आज पनिसमाजले सोध्छ“किन छोरा जन्माइनौ?”समाजलाई किनतिम्रै छोरा चाहिएको छ ? संस्कारका निहुँमाधर्मका नाममाकिनछोरा र छोरीबीचविभेद गरिन्छ ? म छोरी पनि तघरको सारा कामजिम्मेवारी बोधगरिरहेकाे छु। ममाया बाँड्न सक्छुघर–व्यवहार चलाउन सक्छुकार्यालय चलाउन सक्छुदेश हाँक्न सक्छु ! ओ समाज !म बाँचेको यो समाजम सोध्छु,स्पष्ट र दृढ भएर के म पूर्ण छैन र ?