सभामुख घिमिरेले किन दिए सरकारलाई धन्यवाद ? यस्तो छ कारण - corporatekhabar.com
काठमाडौं । सभामुख देवराज घिमिरेले असोज १८ र १९ गतेको प्राकृतिक विपदमा सरकारले खेलेको भूमिकालाई सकारात्मक भन्दै धन्यवाद दिएका छन् । सभामुख घिमिरेले आइतबार अपिल जारी गर्दै विभिन्न स्थानहरूमा आएको बाढी/पहिरोले जनधनको ठुलो क्षतिप्रति दु:खी र मर्माहत भएको भन्दै विपद्बाट प्रभावित नागरिकहरूप्रति सहानुभूति प्रकट गरेका छन् । ‘सरकारका तर्फबाट उद्धार र पुनस्र्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गर्दै पीडितको राहतका लागि ध्यानाकर्षण गराउँदछु’, सन्देशमा घिमिरेले भनेका छन् । उनले यस चुनौतीपूर्ण घडीमा सबै एकजुट भएर अघि बढ्ने हो भने मात्र विपद्लाई पार गर्न सकिने पनि स्मरण गरेका छन् । ‘साथै, राहत तथा उद्धारमा संलग्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सबै देशवासीमा अपिल गर्दछु’ सभामुख घिमिरेको भनाई छ । दुई दिनयताको विपद्जन्य ४९ जनाको मृत्यु भएको छ । The post सभामुख घिमिरेले किन दिए सरकारलाई धन्यवाद ? यस्तो छ कारण appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.