राजेन्द्र लिङ्देनको दाबी- हिन्दु राष्ट्र र राजसंस्थाका मुद्दा लोकप्रिय बने, राप्रपा वैकल्पिक शक्ति बन्छ - farakdhar.com
Source: FRDH
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टीलाई बलियो शक्तिका रूपमा स्थापित गर्ने बताएका छन् । पार्टी कार्यालयमा आज आयोजित पार्टी एकीकरण कार्यक्रममा उनले विगतमा आफूहरूले उठाएको हिन्दू राष्ट्र, राजसंस्थालगायत मुद्दा अहिले सबैभन्दा लोकप्रिय अवस्थामा पुगेकाले पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा जनताले अनुमोदन गर्ने विश्वास व्यक्त गरे । सैद्धान्तिकरूपमा निकट रहेका अन्य राष्ट्रवादी शक्तिहरूसँग ध्रुवीकरण हुने क्रम तीव्र रूपमा बढेर गएको बताउँदै अध्यक्ष लिङ्देनले विगतका चुनावमा राप्रप...