प्रचण्ड-माधवसँग समाहित भएपछि भीम रावलले भने- घाउमा मल्हम लागेको महसुस भयो - farakdhar.com
Source: FRDH
नेता भीम रावल आफ्नो मातृभूमि जागरण अभियानसहित नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । बुधबार पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकता औपचारिक रूपमा घोषणा गरे । सहमति अनुसार रावलको पार्टी वरीयता छैटौँ स्थानमा रहनेछ । सहमतिपत्रमा देश गम्भीर सङ्कटमा रहेको भन्दै राष्ट्रिय स्वाधीनता, अखण्डता र जनसमृद्धिको अभियानमा सँगसँगै लाग्ने उल्लेख छ । एकता कार्यक्रममा रावलले तत्कालीन नेकपा विभाजनको प्रसङ्ग स्मरण गरे । उनले अगाडि भने...