Redirecting...

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि, नेपाल–थाइल्यान्ड भिडन्तबाट उद्घाटन - kendrabindu.com

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि, नेपाल–थाइल्यान्ड भिडन्तबाट उद्घाटन - kendrabindu.com
Source: kend

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सुरु हुँदैछ। उद्घाटन खेलमा नेपालले आज बिहान ९ बजे थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। कप्तान इन्दु बर्माले प्रतियोगिताप्रति टोली उत्साहित रहेको बताउँदै १८ वर्षपछि यस्तो अवसर पाएकाले आत्मविश्वास बढेको भनिन्। नेपालले आयोजना गरेको अहिलेसम्मकै ठूलो प्रतियोगिताले भावी पुस्तालाई प्रेरणा दिने उनको विश्वास छ । आजै मुलपानी मैदानमा आयरल्यान्ड–पपुवा न्यू गिनी (बिहान ९ बजे) र बङ्गलादेश–अमेरिका (दिउँसो १ बजे) खेल हुनेछ। १० टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ। शीर्ष चार टोली आगामी वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन्।