तनहुँको ऐना पहरामा यात्रुवाहक बस दुर्घटना - nagariknews.nagariknetwork.com
Source: ngrk
मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐना पहरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।गोरखाबाट नारायणगढका लागि छुटेको ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ।इलाका प्रहरी कार्यालयका अनुसार बस पार्किङ गरेर राखिएको थियो। चालक झरेपछि अचानक ब्याक भएर दुर्घटना भएको घटनास्थलमा रहेका एक प्रहरीले नागरिक न्युजलाई जानकारी दिए।उनका अनुसार पाँच जनालाई उपचारका लागि आँबुखैरेनी ल्याइएको छ। एपिएफ र नेपाली सेना पनि घटनास्थल आइपुगेका छन्।