Redirecting...

सुटकेसमा बच्चा राखेर यात्रा गर्ने न्युजिल्याण्डकी महिला पक्राउ - nagariknews.nagariknetwork.com

सुटकेसमा बच्चा राखेर यात्रा गर्ने न्युजिल्याण्डकी महिला पक्राउ - nagariknews.nagariknetwork.com
Source: ngrk

सुटकेसभित्र बच्चा राखेर यात्रा गर्ने न्युजिल्याण्डकी महिला पक्राउ परेकी छन् । न्युजिल्याण्डकी एक महिलालाई बसमा बच्चा राखेर यात्रा गरिरहेको अवस्थामा आइतबार नियन्त्रणमा लिइएको हो । ‘डिटेक्टिभ इन्स्पेक्टर’ सिमोन ह्यारिसनका अनुसार ती महिलामाथि बच्चालाई दुरुपयोग गरेको र बेवास्ता गरेको आरोप लगाइएको छ । अकल्याण्डबाट १०० किलोमिटर उत्तरमा रहेको काइवाकामा रहेको बस डिपोमा बस चालकले एउटा सुटकेसभित्र केही चलिरहेको पाएपछि प्रहरीलाई बोलाएको थियो । ‘चालकले प्रहरीको अगाडि सुटकेस खोल्दा उनीहरूले त्यहाँ दुई वर्षीया बालिकालाई भेटेका थिए,’ ह्यारिसनले भने, ‘सानी केटी आत्तिएर निकै तातो भएको रिपोर्ट गरिएको थियो तर अन्यथा शारीरिक रूपमा उनको कुनै क्षति भएको थिएन ।’ ती महिलाले आफ्नो सुटकेस र अन्य सामान बसको यात्रुको तल छुट्टै कम्पार्टमेन्टमा राखेकी थिइन् । ह्यारिसनका अनुसार अहिले ती बालिकाको अस्पतालमा व्यापक स्वास्थ्य परीक्षण भइरहेको छ । बालिकालाई अस्तव्यस्त छोडिएको अवस्थामा २७ वर्षीया एक महिला पक्राउ परेकी छन् । न्युजिल्याण्डका बालबालिका मन्त्री ओरंगा तामरिकीलाई यसबारे जानकारी दिइएको छ । एएफपी