फिल्डमा खटिए निर्वाचन प्रहरी (तस्बिरहरू) - nepalkhabar.com
Source: nkkb
प्रतिनिधि सभाको निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी फिल्डमा खटिन थालेका छन्। नेपाल प्रहरीले निर्वाचन प्रहरीलाई पनि फिल्डमा खटाउन सुरु गरेको हो। देशभर निर्वाचन प्रहरी पनि सँगसँगै खटाउन थालिएको प्रहरीले जनाएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सघाउन निर्वाचन प्रहरी भर्ना गरिएको छ।