इन्ट्री–लेभल म्याकबुक अर्को महिना धेरै रङ विकल्पहरूमा लन्च हुने - www.technologykhabar.com
इन्ट्री–लेभल म्याकबुकको बारेमा केही समयदेखि हल्ला चलिरहेको छ। ब्लूमबर्गका मार्क गुर्मनले डिभाइसको बारेमा नयाँ विवरणहरू साझा गरेका छन्। आगामी ल्यापटप एप्पलको ए१८ प्रो चिप र एलसीडी डिस्प्लेको साथ आउने बताइएको छ। गर्मनका अनुसार कम लागतको म्याकबुक मार्चमा अनावरण गरिनेछ र ल्यापटपको मूल्य १,००० अमेरिकी डलर भन्दा कम हुनेछ। यो ल्यापटप किफायती भए तापनि एप्पलले निर्माण गुणस्तरमा सम्झौता गर्ने सम्भावना कम रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ। गर्मनले जे७०० कोडनेम भएको ल्यापटपमा नयाँ शेल निर्माण प्रक्रिया प्रयोग गरेर उत्पादित एल्युमिनियम चेसिस हुने बताएका छन्। साथै उक्त निर्माण प्रक्रिया छिटो र अधिक लागत–प्रभावी हुने भनिएको छ। आगामी म्याकबुक ग्राहकहरूलाई अझ आकर्षक बनाउनका लागि ल्यापटपलाई धेरै रङ विकल्पहरूमा उपलब्ध गराइने अपेक्षा गरिएको छ। एप्पलले नीलो, चाँदी, गाढा खैरो, हल्का हरियो, गुलाबी र हल्का पहेंलो सहित फिनिशहरूको परीक्षण गरेको बताइएको छ भने यी मध्ये केही रङहरू मात्र बजारमा आउने सम्भावना रहेको बताइएको छ। एप्पलले यो वर्षको उत्तरार्धमा अपडेट गरिएको म्याकबुक प्रो भेरियन्टहरू र ओएलईडी डिस्प्ले भएको म्याकबुक एयर समावेश रहेको धेरै नयाँ म्याकबुक मोडेलहरू पनि प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। The post इन्ट्री–लेभल म्याकबुक अर्को महिना धेरै रङ विकल्पहरूमा लन्च हुने appeared first on Technology Khabar.