नेपालगन्जमा बालेन [तस्बिरहरू] - farakdhar.com
Source: FRDH
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह नेपालगन्ज पुगेका छन् । सोमबार नेपालगन्ज पुगेका बालेनलाई त्यहाँका जनताले भव्य रूपमा स्वागत गरेका थिए भने ठूलो सङ्ख्यामा रहेका कार्यकर्ताले बालेनलाई हुटिङ गरेर स्वागत गरेका थिए । पार्टी कार्यालयमा पसेर घण्टी बजाउने कार्यक्रम रहे पनि अव्यवस्थित ठूलो भीडले गर्दा बालेन गाडीबाट नझरी कोहलपुरतर्फ लागेका छन् ।