Redirecting...

एमाले महाधिवेशन : नेतृत्व चयनमा संघर्ष , दुवै पक्ष प्यानल निर्माणमा सक्रिय - bishwokhabar.com

एमाले महाधिवेशन : नेतृत्व चयनमा संघर्ष , दुवै पक्ष प्यानल निर्माणमा सक्रिय - bishwokhabar.com
Source: bsbk

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन हिजोबाट शुरु भएको छ र आजबाट बन्दसत्रमा प्रवेश गरेको छ । एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आजदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । महाधिवेशनको बन्दसत्र आज र भोलि सञ्चालन हुनेछ । करिब २ हजार २ सय ६२ जना प्रतिनिधि नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी हुनेछन् । बिहान ८ बजेका लागि बोलाइएपनि त्यो अघि केन्द्रीय कमिटी बैठक बोलाइकाले १२ बजेसम्मका लागि सरेको हो । यो कमिटीले एमालेको विधान संशोधनको प्रस्ताव हलमा लैजाने नेताहरुको आंकलन छ । अहिले पार्टी विधानअनुसार अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ । अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव तथा केन्द्रीय कमिटी भने २ सय ५१ सदस्यीय हुनेछ । तर एमाले अध्यक्ष ओलीसहित उनी निकटका नेताहरुले पदाधिकारीको संख्या बढाएर स्थायी कमिटी फेरि राखेर केन्द्रीय कमिटीको संख्या पनि बढाउने तयारी छ । शुक्रबारको सचिवालय बैठकमा यो विषयले प्रवेश पाएपनि यसलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरुले विरोध गरेपछि अहिलेलाई केही नचलाउने निर्णय गरिएको थियो । उद्घाटन सत्र सकिएलगत्तै ओली समूहका नेताहरू अध्यक्ष ओलीको अस्थायी निवास गुण्डुमा छलफलमा जुटेका थिए भने पोखरेल समूह अलग्गै रणनीति बनाउन व्यस्त छ । अध्यक्षसहित अधिकांश पदाधिकारीमा निर्वाचन हुने सम्भावना बढेसँगै दुवै पक्ष प्यानल निर्माणमा सक्रिय छन् । ओली पक्षबाट महासचिवमा हालका महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको सशक्त दाबी छ । उता पोखरेल समूहबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टमध्ये एक जना महासचिवमा उठ्नेगरी तयारी गरेका छन् । तर यसबारे दुवै पक्षबाट कुनै औपचारिक धारणा बाहिर ल्याइएको छैन । पाण्डे महासचिव बने विष्ट र भट्टराई उपमहासचिवमा अघि सारिने पोखरेल पक्षको तयारी छ । पदाधिकारीमा आकांक्षी धेरै र पद सीमित हुँदा दुवै पक्षलाई उम्मेदवार व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सचिव पदमा नयाँ अनुहार ल्याउने सहमति देखिए पनि सीमित पदका कारण अन्तिम सूची बनाउन सकस भइरहेको नेताहरूको भनाइ छ ।