[अर्काइभ] यसरी भएको थियो महाकाली सन्धिको प्रारूपमा हस्ताक्षर... - ekantipur.com
Source: kant
सर्वोच्च अदालतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ मा भारतसँग गरेको टनकपुर सम्झौतालाई सन्धि नै भएको ठहर गरेको थियो । प्रधानमन्त्री कोइरालाले त समझदारी मात्र भएको बताएका थिए । ५० को दशकमा टनकपुरको विषय सडक र सदनमा लामो समय चर्कियो । खासगरी २०४६ को परिवर्तनपछि प्रमुख प्रतिपक्षी दल एमालेले सबैभन्दा बढी सडक र सदनमा उठाएको विषय टनकपुर सन्धि नै थियो ।