सुन र नगद चोरी भएको झुट्टो निवेदन दिने दुई जना प्रहरीको फन्दामा - bankingsamachar.com
Source: bkns
काठमाडौं – सुन र नगद चोरी भएको भन्दै झुट्टो निवेदन दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको आँधिखोला गाउँपालिका– १ हिले बस्ने ४१ वर्षीया चन्द्र कुमारी गुरुङ र ३८ वर्षीय धनराज गुरुङ रहेका छन् । उनीहरूले आफ्नै घरबाट साढे सात तोला सुनका गर- गहनाहरू र ४ हजार नगद चोरी भएको भन्दै गुरुङले दिएको निवेदनको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा चोरी भएको भनिएको सुनको गर-गहना तथा नगद उनीहरूले लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । साथै, प्रहरीलाई झुट्टा निवेदन दिएको अनुसन्धान पश्चात् खुल्न आएको हुँदा उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।